पोखरामा रोटरी युथ लिडरसिप अवार्ड
पाेखरा | पुस २७, २०८०
पोखरा: रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत बिहीबारदेखि रोटरी युथ लिडरसिप अवार्ड (राइला) सुरु भएको छ ।
राइलाको पोखरामा आयोजित समारोहमा उद्घाटन गर्दै डिष्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजुले व्यक्तिगत क्षमता एवं नेतृत्व विकास, नेटवर्किङ र कम्युनिकेसन विकासमा यस कार्यक्रमले सघाउ पुग्ने बताए ।
उनले राइलाको महत्वबारे प्रकाश पार्दै पोखरामा विजेतालाई केन्द्रमा हुने राइलामा पनि अवसर दिइने बताए ।
डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले राइला रोटरीको अभिन्न अंग रहेको बताए । उनले युवामा निहित प्रतिभा प्रस्फुटन गर्दै नेतृत्व क्षमताको विकासका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने बताए ।
डिष्ट्रिक्ट राइला को–चेयर एवं कार्यक्रम संयोजक राजेन्द्र लिगलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विकल शेरचनले नेतृत्व क्षमताबारे प्रकाश पारेका थिए ।
यस्तै, रोटरीका मेम्बरसिप चेयर सुभाष सिग्देल, डिइआई कोचेयर एकनारायण ढकालले पनि बोलेका थिए । कार्यक्रममा स्वागत दिनेश मानन्धर र संचालन राइला सेक्रेटरी जसु गुरुङले गरेकी थिइन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका गाउँपालिकाअन्तर्गत लेवाडेमा चार दिनसम्म सञ्चालन हुने उक्त राइलामा विभिन्न जिल्लाबाट १६ देखि २० वर्ष उमेर समूहका ५२ जनाले भाग लिएका छन् ।
लेवाडेस्थित चिल्डे«न नेपालको फूलबारी रिसोर्स सेन्टरमा हुने कार्यक्रममा उनीहरुलाई २२ जना प्रशिक्षकले विभिन्न विधामा तालिम दिने छन् ।
डिष्ट्रिक्टले हरेक वर्ष आयोजना गर्दै आएको राइला कास्कीमा लामो समयपछि भएको हो ।
जसमा कास्कीका ९ वटै रोटरी क्लबहरुसहित १७ होस्ट र १० को–होस्ट छन् । गत वर्ष गोरखा र काठमाडौंमा यसप्रकारको कार्यक्रम भएको थियो । सहभागीको क्षमता र सिकाइ आधारमा राइला अवार्ड प्रदान गरिने रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले बताए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

